दश वर्षसम्मको प्रयास गरी अब फेरि नयाँ यात्रा सुरू भएको
2023-10-26 09:32:35CRI
Share with:

सन् २०१५को अप्रिल २५ तारिख नेपालमा ८.१ स्केलको भयंकर भूकम्प गएको थियो जसबाट काठमाण्डौँ दरबार क्षेत्रमा अवस्थित नौ तले दरबारमा ठूलो क्षति भएको थियो र माथिल्ला तीन तल्ला पूर्णरूपमा ध्वस्त भएका थिए। नेपाल सरकारले चीन सरकारलाई उद्धारको अपिल गरेपछि चीनले तत्कालै विशेषज्ञ दल खटाएर सम्बद्ध वस्तुको पुनःनिर्माण थालेको थियो। चिनियाँ साँस्कृतिक अवशेष विशेषज्ञले केही वर्षसम्मको प्रयासपछि दरबारको मुख्य भवनको पुनःनिर्माण कार्य पूरा भएको थियो र सन् २०२२ को डिसेम्बर मध्यतिर  निर्माण सफल भएको नेपाल पक्षले जनाएको थियो। यसरी नेपालको सांस्कृतिक सम्पदा पुनर्जीवित भएको छ। नेपालको पुरातत्व विभागका निर्देशक गौतमले प्रशंसा गर्दै नौ तले दरबार पुनःनिर्माण कार्यक्रम सांस्कृतिक सम्पदामा अन्तर्राष्ट्रिय सहयोगको नमुना भएको र सांस्कृतिक सम्पदा मित्रताको पुलको रूपमा रहेर नेपाल-चीन सांस्कृतिक सम्पदा संरक्षण क्षेत्रको अरू सहयोगलाई बढाइने आशा आफूले लिएको उल्लेख गर्नुभयो।

  केही वर्षयता नौ तले दरबार पुनःनिर्माण जस्ता बेल्ट एन्ड रोड प्रारूपमा रहेका द्विपक्षीय सहयोग विविध छन् र उपलब्धि प्रशस्त छन्। बेल्ट एन्ड रोड इनिशिएटिभलाई समर्थन गर्ने सबैभन्दा पहिले मुलुकमध्येको एकको रूपमा रहेको नेपालले चीनसँग बेल्ट एन्ड रोडको रचनालाई सक्रिय रूपमा अघि सारिरहेको छ भने पूर्वाधार निर्माण, ऊर्जा सहयोग, आर्थिक तथा व्यापारिक सहयोग, मानव तथा सांस्कृतिक आदान-प्रदान आदि क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको छ। चीन–नेपाल क्रसबोर्डर रेलवे (नेपाल खण्ड) को सम्भाव्यता अध्ययन सम्पन्न भएको छ, चिनियाँ उद्योग संलग्न भएका माथिल्लो मर्स्याङदी ए लगायत विभिन्न जलविद्युत स्टेशनहरू सञ्चालनमा ल्याइएका छन्, “चीन-नेपाल इलेक्ट्रिक पावर सहयोग योजना” वार्ताको क्रममा छ, चीनमाथि नेपालको निर्यात मात्रा गत वर्षको तुलनामा ११८.३ प्रतिशत बढेको छ, केरूङ, तातोपानी, फुलान आदि नाका यात्रु र कार्गो आवागमन पुनःसुरू भएको छ, चीन-नेपाल प्रत्यक्ष फ्लाइट आधारभूत रूपमा पुनःसुरू भएको छ, आदि।

  चीनका लागि नेपालका राजदूत श्रेष्ठले "बेल्ट एन्ड रोड" को संयुक्त निर्माण गहिरो दार्शनिक महत्वले भरिएको छ, र यसले प्राचीन सिल्क रोडको ऐतिहासिक मूल्य जगाएको मूल्याङ्कन गर्नुभएको छ। नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ महेश पाठकले  "बेल्ट एन्ड रोड" को संयुक्त निर्माण नेपाल-चीन मैत्रीपूर्ण सम्बन्धको अर्को प्रमाण बनेको उल्लेख गर्नुभयो।

  यसै वर्ष  "बेल्ट एन्ड रोड" इनिशिएटिभको दशौँ वार्षिकोत्सव हो। दश वर्षयता  "बेल्ट एन्ड रोड" अन्तर्राष्ट्रिय सहयोग सून्यबाट विकास भएर प्रशस्त उपलब्धि हासिल भएको छ भने बेल्ट एन्ड रोड इनिशिएटिभ पनि लोकप्रिय ग्लोबल सार्वजनिक उत्पादित वस्तु र अन्तर्राष्ट्रिय सहयोग मञ्च बनेको छ। हाल विश्वका १५० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनले बेल्ट एन्ड रोड सहयोग पत्रमा हस्ताक्षर गरेका छन् जसबाट लगभग दश खर्ब अमेरिकी डलरको लगानी ड्राइभ गरिएको छ र संलग्न मुलुकलाई ४ लाख २० हजार रोजगार प्रदान गरी लगभग ४ करोड गरिबीलाई जोगाइएको छ।

  हाल विश्वसमक्ष अभूतपूर्व अन्तर्राष्ट्रिय परिस्थिति, प्राविधिक क्रान्ति, बजार प्रतिस्पर्धा, सामाजिक आवश्यकता लगायत कारक तत्व देखिएको छ। यसरी नै राष्ट्राध्यक्ष सी चिनफिङले उच्च गुणस्तरीय विकास भन्ने नयाँ विकास विचार प्रस्तुत गर्नुभएको छ। जसको केन्द्र नै सुधार तथा नवीन सिर्जना, रूपान्तरण र स्तरोन्नति, हरित विकास, प्रतिभा समर्थनमार्फत उच्च गुणस्तरीय, दक्ष र बलियो नवीनता, राम्रो वातावरण र खुसीयुक्त जीवनको विकास मोडेल सिर्जना गरी आर्थिक तथा स्वस्थ सामाजिक विकासलाई अघि बढाउने भन्ने रहेको छ। "बेल्ट एन्ड रोड" इनिशिएटिभको दशौँ वार्षिकोत्सवमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ट एन्ड रोडको उच्च गुणस्तरको संयुक्त निर्माणको खाका कोरी चीनको विशेष कार्य योजना प्रस्ताव गर्नुभयो जसलाई बेल्ट एन्ड रोड इनिशिएटिभको व्यवस्थित अपग्रेडको रूपमा मानिएको छ।

  दश वर्षसम्मको प्रयास गरी अब फेरि नयाँ यात्रा सुरू भएको छ। बेल्ट एन्ड रोड इनिशिएटिभको आधारमा चीन-नेपाल मैत्रीपूर्ण आवत-जावत र द्विपक्षीय सहयोग अझ राम्रो हुने र विश्वको समृद्धिमा अझ राम्रो विकास हुने आशा छ।