“सी चिनफिङका कथाहरू” बहुभाषिक पोडकास्ट विश्वभरि सार्वजनिक
2023-10-26 09:52:47cri
Share with:

चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनद्वारा निर्मित “सी चिनफिङका कथाहरू” बहुभाषिक पोडकास्ट हाल जर्मनीको फ्रान्कफर्टमा सार्वजनिक गरिएको छ र साथै यूरोपेली मुलुकहरुका ६० वटाभन्दा बढी सञ्चार-माध्यममा प्रस्तुत गरिएको छ। स्पेनिश अर्थतन्त्र रेडियो, रुसी समाचार पत्र लगायतका ८० वटाभन्दा बढी विदेशी सञ्चार-माध्यमले उक्त पोडकास्टबारे जानकारी दिएका छन्। उक्त पोडकास्टसम्बन्धी समाचार अमेरिका, बेलायत, क्यानाडा, भारत, जर्मनीआदि २० वटा मुलुक तथा क्षेत्रका ८१७ वटा विदेशी इन्टर्नेट सञ्चार-माध्यमले रिपोस्ट गरेका छन्।

“सी चिनफिङका कथाहरू” बहुभाषिक पोडकास्ट अङ्ग्रेजी, स्पेनिश, फ्रान्सेली, रूसी तथा अरबेली भाषा संस्करणमा छन्। “सी चिनफिङका कथाहरू” चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले चङ तिङ, फु चेन, च च्याङ, शांगहाईमा काम गर्नुभएको अनुभव र कथाबारे जानकारी दिएको यो पहिलो पोडकास्ट हो।