मध्यपूर्व मामिलाका लागि चिनियाँ सरकारका विशेष दूत साउदी अरबको भ्रमणमा
2023-10-27 14:52:27cri
Share with:

अक्टोबर २ तारिख मध्यपूर्व मामिलाका लागि चिनियाँ सरकारका विशेष दूत चाइ च्युनले साउदी अरेबियाको भ्रमण गर्दै चीन-साउदी अरेबिया सम्बन्ध र प्यालेस्टाइन र इजरायलबीचको वर्तमान अवस्थाबारे विचार आदानप्रदान गर्न साउदीका उप-परराष्ट्रमन्त्री अल हुराइजसँग भेट गर्नुभयो।

 चाइ च्युनका अनुसार साउदी अरब मध्यपूर्वको महत्वपूर्ण देश भएको र चीनले मध्यपूर्वको कूटनीतिमा साउदी अरबलाई सधैं अग्रस्थानमा राखेको छ।

 दुई देशका नेताहरूले हासिल गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न र चीन-साउदी अरब व्यापक रणनीतिक साझेदारीको स्तरलाई निरन्तर वृद्धि गर्न चीन साउदी अरेबियासँग काम गर्न इच्छुक छ।

 हाल प्यालेस्टाइन र इजरायलबीचको परिस्थिति गम्भीर देखिन्छ। यस परिस्थितिलाई शिथिल पार्नुपर्छ जसबाट राजनीतिक माध्यमका लागि आवश्यक पूर्वधार सिर्जना गर्न सकिन्छ।

 "दुई-राज्य समाधान" को आधारमा प्यालेस्टाइन-इजरायली शान्ति वार्ता पुन: सुरु गर्नु प्यालेस्टाइन-इजरायली द्वन्द्वको दुष्चक्र तोड्ने एक मात्र उपाय हो। चीनले साउदी अरेबियासँग सम्पर्क कायम राख्दै प्यालेस्टाइन समस्याको चाँडै नै व्यापक र निष्पक्ष समाधान प्रवर्द्धन गर्न इच्छुक छ।