चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बैठकमा “नयाँ युगमा चीनको उत्तर-पूर्वको चौतर्फी पुनरुत्थानलाई नयाँ प्रगति हासिल गर्न अगाडि बढाउने नीति र कदमसम्बन्धी प्रस्ताव”बारे लेखाजोखा
2023-10-27 19:18:41cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोले अक्टोबर २७ तारिख बैठकको आयोजना गरी  नयाँ युगमा चीनको उत्तर-पूर्वको चौतर्फी पुनरुत्थानलाई नयाँ प्रगति हासिल गर्न अगाडि बढाउने नीति र कदमसम्बन्धी प्रस्तावबारे लेखाजोखा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

 

उक्त बैठकअनुसार, उत्तर-पूर्वको पुनरुत्थान अगाडि बढाउनु चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले प्रस्तुत गरेको ठूलो रणनीतिक निर्णय हो। चालू वर्ष उत्तर-पूर्वको पुनरुत्थान रणनीति लागू भएको बीसौं वार्षिकोत्सव हो। नयाँ युग र नयाँ प्रक्रियामा उत्तर-पूर्व उच्च गुणस्तरको विकास र दिगो पुनरुत्थानको नयाँ बाटोमा हिँड्न अगाडि बढाइने छ।