चाइना मिडिया ग्रुपको "सभ्यताको यात्रा" विशेष प्रदर्शनी संयुक्त राष्ट्रसंघमा
2023-10-27 10:42:27CRI
Share with:

अक्टोबर २६ तारिखदेखि स्वीजर्ल्याण्डको जेनेभास्थित राष्ट्र संघीय कार्यालयको राष्ट्रहरूको भवनमा  "सभ्यताको यात्रा"  विशेष प्रदर्शनी सुरू भएको छ। यो प्रदर्शनी चाइना मिडिया ग्रुप, जेनेभास्थित राष्ट्र संघीय कार्यालय तथा जेनेभाका लागि चिनियाँ प्रतिनिधि मण्डलबाट संयुक्त रूपमा आयोजना गरिएको हो।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङ, जेनेभास्थित राष्ट्र संघीय कार्यालयका संस्कृति समितिका अध्यक्ष फ्राँसेस्को पिसानो र संयुक्त राष्ट्र संघ र स्वीजर्ल्याण्डका अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ राजदूत शन स्यूले विशेष प्रदर्शनीको उद्घाटन समारोहमा सम्बोधन पनि गर्नुभएको छ।

जेनेभास्थित राष्ट्र संघीय अन्तर्रष्ट्रिय संगठन, जेनेभामा रहेका ३० भन्दा बढी देशका प्रतिनिधिहरू उक्त उद्घाटन समारोहमा सहभागी भएका छन्।