आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै होमस्टे, सप्ताहन्तमा घरवास पाउनै मुस्किल
2023-10-27 16:23:07cri
Share with:

आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्न सफल भएको छ देशैभरका घरवास अर्थात होमस्टे। ग्रामीण परिवेश बुझ्ने, परिवारका सदस्यसँगै खानबस्न, ग्रामीण संस्कृतिमा घुलमिल हुन चाहने स्वदेशी र विदेशी दुबै लागि होमस्टे उपयुक्त गन्तव्य बनेको छ।

 

विदेशी पर्यटकको लागि सिजन हुन्छ भने नेपाली १२ महिना घुम्न निस्कने गरेका छन। घुम्न निस्कने नेपालीकै कारण सप्ताहन्तमा होमस्टे भरिभराउ हुने गरेको छ । आन्तरिक पर्यटकले छोटो घुमघाम गर्ने उपयुक्त गन्तव्य पनि होमस्टे बसाई हुन थालेको छ ।

 

दुई चार जना साथीभाई जम्मा हुने र काठमाडौं नजिकका होमस्टेमा गएर रमाइलो गर्ने संस्कृति बढेकै कारण उपत्यका वरपरका होस्टेलाई सप्ताहन्तमा सेवा दिन भ्याइनभ्याइ हुन्छ । आन्तरिक पर्यटक होटल, रेस्टुरेन्टको तुलनामा सकेसम्म होमस्टेमै बस्न रुचाउने गरेकोले पनि शुक्रबार र शनिबार प्रायः उपत्यका वरपरका होमस्टे पाउँदै मुश्किल हुने गरेको होटस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलले बताउनुभयो।

 

उहाँले भन्नुभयो, उपत्यका आसपसमा मात्रै नभएर देशैभरका होमस्टेमा विदेशीभन्दा नेपाली धेरै पुग्ने गरेका छन । होटलको तुलनामा सस्तो र सुलभ मूल्यमा खान बस्न पाइने तथा गुणस्तरीय खानासहित सबैजसो समूदायले आआफ्नो सांस्कृतिक गतिविधि देखाउने भएकोले पनि पछिल्लो समय होमस्टेप्रति आन्तरिक र बाह्य पर्यटकको रुची बढेको देखिन्छ ।

नगरकोट सामूदायिक होमस्टेका अध्यक्षसमेत रहेका बास्तोलाका अनुसार २ हजारमै ३ छाक खानबस्नसहित सांस्कृतिक कल्चर पनि हेर्न पाइने भएको हुँदा घरबास पर्यटन सहजै फस्टाएको हो । पछिल्लो समय होमस्टेमा पनि समूहमा आउनेको र रमाइलो गर्ने प्रवृत्ति बढेको छ ।

क्लिकमाण्डु अनलाइनका अनुसार सामूदायिक होमस्टे गाउँभरी हुने र पाहुना आउँन सामूहिक रुपमा स्वागत सत्कार गर्ने र सांस्कृतकि गतिविधि गर्न पनि समूहलाई नै होमस्टेले रुचाउँछन्। बास्तोलाले भन्नुभयो हामीसँग १० वटा घरमा रहेको होमस्टेले एकपटकमा ६० जनासम्मलाई राख्न सक्छ। १० जनाभन्दा बढीको समूहमा आउने सबै ग्रूपलाई सांस्कृतिक गविविधि देखाएर मनोरञ्जन दिने गरिएको छ ।

 

उपत्यका नजिक भएकोले आन्तरिक र बाह्य पर्यटकको चाप भइरहने यो होमस्टे प्रायः खालि हुँदैन। स्वदेशी र विदेशी पाहुना भइरहने हुँदा स्थानीयलाई अतिरिक्त आयआर्जनको स्रोतमसेत जुटेको बास्तोलले बताउनुभयो।

 

सरकारले सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउन ल्याएको ग्रामीण क्षेत्रमा पर्यटक पुर्याउने उद्देश्यको होमस्टे पर्यटन पछिल्लो समयको सफल पर्यटकीय प्रडक्ट हो। सरकारले नेपाल आएका पर्यटकमध्ये ६० प्रतिशतलाई गाउँमा पुर्याउने र पर्यटनको लाभ गाउँगाउँलाई दिने ध्येयले ल्याएको होमस्टे पर्यटन अहिले देशैभर विस्तार भएको छ।

हाल देशैभरका ६८ जिल्लाका ६०० होमस्टे महासंघमा आवद्ध भएका छन । महासंमा आवद्ध भएका मात्रै १५ सय गाउँलाई होमस्टेले जोडेको छ। महासंघमा आवद्ध भएका होमस्टले सबैले समान शुल्कमा समान सेवा दिने गरेका छन। सरकारले तोकेको होमस्टे मापदण्डभित्र रहेर सबै होमस्टेले सन्तोषजनक सेवा दिइरहेको पनि महासंघले जानकारी दिएको छ ।

महासंघमा आवद्ध भएकामध्ये सबैभन्दा धेरैलाई सेवा दिन सक्ने र क्षमता बढी भएको इलामको श्रीअन्तु सामूदायिक होमस्टे हो। यो होमस्टेमा ८० वटा घर आवद्ध छन। यो होमस्टेले एकैपटकमा ५ सय पर्यटकलाई सेवा दिन सक्छ। यो बाहेक चितवनको माडीमा रहेको हामेस्टे ७ वटा फरक फरक समूदायको सांस्कृतिक कल्चर पस्कन सक्छ । सबै क्षेत्रका होमस्टेको आआफ्नै विशेषता भएकोले सबैको महत्व पनि त्यति नै बढेको छ।