वर्तमान अमेरिकाको गतिविधि युद्धको कारक
2023-10-27 19:56:19cri
Share with:

अक्टोबर ७ तारिख प्यालेष्टाइन-इजरेल नयाँ चरण द्वन्द्व सुरू भएयता मानवीय हताहतीको संख्या बढ्दैएको छ। तथ्याङ्क अनुसार, हालसम्म त्यसबाट दु पक्षका ८ हजार ३०० सयभन्दा बढीको ज्यान गैसकेको छ।

 

द्वन्द्व भएपछि अमेरिकाले इजरेलला दृढ समर्थन गरी सैन्य उद्धार सहायता प्रदान गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले कांग्रेसमा२० तारिख १ खर्ब ६ अर्ब अमेरिकी डलरको विशेष अनुदान अनुरोध गर्नुभएको थियो तीमध्ये १४ अर्ब ३० करोड डलर इजरेलको सैन्य उद्धारमा पर्छ। बाइडेनले सम्बोधन गर्दै उक्त उद्धार इजरेलको संरक्षण गर्ने अभूतपूर्व वचन हो जुन इजरेलको सैन्य लाभला बढाउने हो भनेर उल्लेख गर्नुभयो। साथै अमेरिकी उच्च अधिकारीहरूले एकपछि अर्को गरी इजरेलको भ्रमण गरेका छन् त्यसमा राष्ट्रपति बाइडेन, विदेशमन्त्री ब्लिन्केन, रक्षामन्त्री लोइड स्टिन, अमेरिका सेनाको केन्द्रिय कमाण्डर माइकल कुरिला समावेश छन्। अमेरिकाले इजरेलला हवाइ बम र र्टिलरी गोली प्रदान गर्नुका साथै पूर्वी भूमध्यसागरला दुई वटा विमान वाहक स्ट्राइक समूह खटाएर उक्त क्षेत्रमा पहरा दिएको छ।

यसबाहेक अमेरिकाले सुरक्षा परिषदमा अन्तर्राष्ट्रिय समूहबीच द्वन्द्व समाधान गर्ने प्रयासला बाधा गरेको छ। १६ तारिख रूसले प्रस्तुत गरेको गाजा मानवीय समस्यासम्बन्धी मस्यदाबारे अमेरिकाले विपक्षमा मतदान गरेको थियो त्यसपछि १८ तारिख अमेरिकाले ब्राजिलको मस्यदा पनि अस्वीकार गरेको थियो। उक्त मस्यदामा सुरक्षा परिषदका १२ वटा सदस्यको स्वीकृति थियो तर अमेरिकाले मात्र अस्वीकार गरेपछि मस्यदा पारित हुनसकेन। वर्तमान स्थितिमा प्यालेष्टाइन-इजरेल युद्धविराम सबभन्दा प्राथमिकतामा हुनुपर्छ तर अमेरिकी सरकारको गतिविधिले विवाद छिटै समाधान नहुने मात्रै होइन, मानवीय संकटला समेत बढाएको छ।

 

संयुक्त राष्ट्र संघका लागि रूसका स्थायी प्रतिनिधि वारिरी नेबेन्जियाले अमेरिकाको कपटी र दोहोरो मापदण्डको निन्दा गर्नुभयो। संयुक्त राष्ट्र संघका लागि ब्राजिलका स्थायी प्रतिनिधि सेल्जियो दानेसाइले मनता र निष्क्रियताप्रति खेद व्यक्त गर्नुभयो। लेबनानको बेरूत विश्वविद्यालयका इतिहासका प्राध्यापक माखराम लाबाहले रोप लगाउनुभयो, अरबेलीले के चाहेको वा सोचेकोबारे बाइडेनको कुनै पनि नजर छैन तर वर्तमानको उहाँको गतिविधिले युद्धको निमन्त्रणा गरेको हो।

 

अमेरिकाको प्यालेष्टाइन-इजरेल नीतिबाट अन्तर्राष्ट्रिय समूहको असन्तोष बढेको मात्र होइन तर अमेरिकामा न्तरिक विरोधी स्वर पनि चर्किएको छ। अमेरिकी विदेश विभागका अधिकारी ज्योशी पोलले १८ तारिख बाइडेनले इजरेलला सैन्य उद्धार गरेकोमा राजीनामा दिने चेतावनी दिनुभयो। उहाँले अमेरिकी मिडियासँग कुराकानी गर्दै सरकार र कांग्रेसका धेरै सहकर्मीहरू सो निर्णयबारे अनभिज्ञ नरहेको व्यक्त गर्नुभयो।

यो नै धेरैजसोको सोचाइ हो। प्यालेष्टाइन समस्यामा सबै जनाले शान्ति, न्याय, अन्तर्राष्ट्रिय न, अधिकाँश मुलुकका साझा इच्छा र मानव विवेकको पक्षमा उभिनुपर्छ।