चीन-अमेरिका सम्बन्धलाई यथाशीघ्र स्वस्थ, स्थिर र दिगो विकासको मार्गमा फर्काउनु पर्छ: चिनियाँ परराष्ट्र मन्त्री
2023-10-27 10:52:50cri
Share with:

अक्टोबर २६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वासिङ्टनमा भेट गर्नुभएको छ। भेटअघि दुवै पक्षले पत्रकारसँग संक्षिप्त भेटवार्ता गरेका थिए।

परराष्ट्र मन्त्री वाङका अनुसार यस अमेरिकाको भ्रमण गत जुनमा विदेशमन्त्री ब्लिन्केनको चीन भ्रमणपछिको भ्रमण तथा अमेरिकाको निमन्त्रणामा भएको हो। चीन र अमेरिका यी दुवै ठूला देशबीच मतभेद र द्वन्द्व मात्र नभई साझा हित र चुनौतीहरू पनि छन् जसकालागि यी दुवै पक्षबीच वार्ता आवश्यक छ।

चीन-अमेरिका सम्बन्धमा पछिल्लो समय कोलाहल र द्वन्द्व मच्चिरहेको छ तर पनि चीनले यसलाई शान्तरूपमा लिएको छ। किनभने चिनियाँहरु विश्वास गर्दछन् कि सही र गलतको निर्णय गर्ने मापदण्ड कसको बाक्लो हात वा चर्को आवाज छ भन्ने होइन, चीन-अमेरिकी तीनवटा संयुक्त विज्ञप्तिको प्रावधानहरू पालना गर्छ कि गर्दैन र यो अन्तर्राष्ट्रिय कानून र आधारभूत मापदण्डहरू अनुरूप छ कि छैन भन्ने हो। यदि विश्वास छ भने तथ्यहरूले सबै कुरा प्रमाणित गर्ने छ र इतिहासले निष्पक्ष मुल्याङ्कन गर्ने छ।