बहु मुलुकका राष्ट्रानायकहरूद्वारा आत्मीयता, ईमानदारी, पारस्परिक लाभ, सहिष्णुताको छिमेकी कुटनीति सिद्धान्तले चीन र छिमेकी मुलुकहरूबीचको सहयोग र साझा विजयीको इच्छा देखाएको कुरा व्यक्त
2023-10-27 17:11:57cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अक्टोबर २७ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभयो। सो अवसरमा माउ निङले आत्मीयता, ईमानदारी, पारस्परिक लाभ, सहिष्णुताको छिमेकी कुटनीति सिद्धान्त प्रस्तुत भएको दशौं वार्षिकोत्सवसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमाथि वरिपरीका मुलुकहरूले ध्यान दिएको भन्दै सक्रियताका साथ भाग लिए राष्ट्राध्यक्ष सी चिनफिङको लिखित सम्बोधन र उदघाटन समारोहमा वाङ यीको सम्बोधनप्रति समर्थन दिएको बताउनुभयो

 

माउ निङले पाकिस्तानी प्रधानमन्त्री एन्वार हक काकारले पाकिस्तानका लागि चिनियाँ राजदूतसँग पाकिस्तानले उक्त सिद्धान्तको प्रशंसा गरेको र चीनसँग उक्त सिद्धान्तको पालना गर्ने आशा लिएको कुरा बताउनुभयो। माउ निङकाअनुसार, नेपाल, मंगोलिया, कम्बोडियाआदि मुलुकहरूका राष्ट्रानायकहरूले आत्मीयता, ईमानदारी, पारस्परिक लाभ, सहिष्णुताको छिमेकी कटनीति सिद्धान्तले चीन र वरिपरीका मुलुकहरूबीचको सहयोग र साझा विजयको इच्छा देखाएको बताएका छन्।