चाइना मिडिया ग्रुपको "सभ्यताको यात्रा" ग्लोबल टुर प्रदर्शनीः इजिप्ट विशेष प्रदर्शनी काइरोमा
2023-10-27 17:15:49cri
Share with:

 

स्थानीय समयअनुसार अक्टोबर २६ तारिख चाइना मिडिया ग्रुपको  "सभ्यताको यात्रा" ग्लोबल टुर प्रदर्शनीः इजिप्ट विशेष प्रदर्शनीको उदघाटन समारोह काइरोस्थित चिनियाँ सँस्कृति केन्द्रमा आयोजना गरिएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। इजिप्टका लागि चिनियाँ राजदूतावासका प्रतिनिधिहरू, इजिप्टको सँस्कृति क्षेत्र र सञ्चार-माध्यम क्षेत्रका सम्बन्धित संस्थानहरुका जिम्मेवार व्यक्तिहरू उक्त समारोहमा सहभागी भए।

 

शन हाईस्युङले चिनियाँ राष्ट्रको सभ्यता र प्राचीन इजिप्टको सभ्यताले मानव सभ्यताको प्रगतिका लागि महत्वपूर्ण योगदान दिएक व्यक्त गर्नुका साथै राष्ट्राध्यक्ष सी चिनफिङको विश्व सभ्यता प्रस्तावको ब्लुप्रिन्टको निर्देशमा चिनियाँ जनताले चिनियाँ राष्ट्रको आधुनिक सभ्यताको निर्माण गर्न र मानव सभ्यता विकासको नयाँ प्रगति बढाउन प्रयास गर्दैआएको, चाइना मिडिया ग्रुपले चिनियाँ राष्ट्रको सभ्यताको नवीकरण र प्रचार-प्रसार गर्ने, चीन र अरबेली मुलुकहरूको आदान-प्रदान बढाउने कुरामा जोड दिनुभयो।