चीनका पूर्व प्रधानमन्त्री ली ख छ्याङको निधन
2023-10-27 10:07:34cri
Share with:

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी १७औँ, १८औँ, र १९औँ केन्द्रिय समितिका स्थायी सदस्य तथा चीनका पूर्व प्रधानमन्त्री ली ख छ्याङ पछिल्लो समय शाङहाईमा बस्दैआउनुभएको थियो।

६८ वर्षीय पूर्व प्रधानमन्त्री छ्याङलाई अक्टोबर २६ तारिख आकस्मिक ह्रदयघात भएपछि लगत्तै उद्धार गरे तापनि मध्यरात अर्थात् अक्टोबर २७ तारिख ००:१० मा शाङहाईमा उहाँको निधन भएको छ।