चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, चीनको राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको शोक सूचना:कमरेड ली खछ्याङको निधन
2023-10-27 19:09:03cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, चीनको राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनले दुःखका साथ घोषणा गरेअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीका उत्कृष्ट सदस्य, दीर्घकालीन प्रमाणित र वफादार कम्युनिष्ट योद्धा, उत्कृष्ट सर्वहारा वर्गका क्रान्तिकारी र राजनेता, पार्टी र देशका उत्कृष्ट नेता, चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं, अठारौं, उन्नाईसौं केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका भूतपूर्व प्रधानमन्त्री कमरेड ली खछ्याङ आकस्मिक ह्रदयघात भएपछि लगत्तै उद्धार गरे तापनि मध्यरात अर्थात् सन् २०२३ अक्टोबर २७ तारिख शुन्य बजेर दश मिनेट जाँदा शांगहाईमा निधन भएको छ भने उहाँ ६८ वर्षको हुनुहुन्थ्यो।

 

सन् २०२३ मार्च महिनादेखि उहाँले प्रधानमन्त्रीको पद त्याग्नुभएको थियो।