काठमाडौँका दुई ठाउँमा पुष्प व्यापार मेला हुँदै
2023-10-28 17:25:38cri
Share with:

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले वर्षौंदेखि गर्दै आएको पुष्प मेला यस पटक दुई ठाउँमा हुने भएको छ । फ्यानमा आन्तरिक विवाद उत्पन्न भएपछि छुट्टाछुट्टै मेला आयोजना गर्न लागेको हो । फ्यानबाट अलग भएर केही नर्सरी व्यवसायीले रामजीप्रसाद तिमिल्सिनाको अध्यक्षमा नर्सरी व्यवसायी सङ्घ नेपाल गठन गरिएको गोरखापत्र अनलाइनले जनाएको छ ।

पुष्प मेला कात्तिक १४ गतेदेखि १८ गतेसम्म सङ्घले भृकुटीमण्डपमा र फ्यानले जावलाखेलको खेल मैदानमा आयोजना गर्न लागेको हो । यसको सम्पूर्ण तयारी पूरा भएको छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मेला जुधाउने काम आफूहरूले नगरेको दाबी गर्नुभयो ।

फूलका गुच्छा, माला, बुकी बेच्ने व्यवसायीको नै त्यहाँ हालीमुहाली भए, त्यहाँ आफूहरूको कुरा सुन्ने पनि भएन त्यही भएर आफूहरू आफ्नै संस्था बनाएर मेलाको आयोजना गरिएको अर्को पक्षको भनाइ छ। आफूहरूले बनाएको नर्सरी व्यवसायी सङ्घमा फूल व्यवसायीलाई नराख्ने भन्दै यसमा सबै नर्सरी किसान मात्र रहनेछन्।