अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच ह्वाइट हाउसमा भेटघाट
2023-10-28 17:17:25cri
Share with:

  स्थानीय समयअनुसार अक्टोबर २७ तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् चिनियाँ परराष्ट्र मन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ।

 त्यस अवसरमा परराष्ट्र मन्त्री वाङले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बाइडेनलाई पठाइएको सन्देश सुनाउनुभयो। साथै उहाँले व्यक्त गर्नुभएअनुसार यस अमेरिकाको भ्रमणको उद्देश्य अमेरिकासँग सम्पर्क राख्दै यी दुबै मुलुकका नेताहरुबीच प्राप्त महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्नुका साथै चीन अमेरिका सम्बन्धलाई छिटो स्वस्थ तथा स्थिर विकासको बाटोमा फर्काउनु भन्ने हो।

 राष्ट्रपति बाइडेनले चीनसँगको सम्बन्धलाई महत्व दिँदै जाने अडान पुनः पुष्टि गर्दै चीनसँग सम्पर्क राख्दै ग्लोबल चुनौतीको संयुक्त सामना गर्दै जाने अमेरिका इच्छुक रहेको व्यक्त गर्नुभयो।

 अमेरिका भ्रमणको अवसरमा परराष्ट्र मन्त्री वाङले अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कन, अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक जेक सुलिवानसँग राजनीतिक भेटवार्ता गर्नुभएको छ।