चाइना मिडिया ग्रुप र अन्तर्राष्ट्रिय ओलम्पिक समितिबीच सहकार्य
2023-10-28 17:23:11cri
Share with:

स्थानीय समयअनुसार अक्टोबर २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङ र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाहले स्विट्जरल्याण्डको लुसेनमा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयमा दुवै पक्षको तर्फबाट सहयोग समझदारीमा हस्ताक्षर गर्नुभयो। सहयोग समझदारीमा दुवै पक्षले ओलम्पिक कार्यक्रमहरूको बारेमा प्रसारण र रिपोर्ट,ओलम्पिक सांस्कृतिक प्रवर्द्धन र यस्तै क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउन जारी राख्ने कुरा छ।

शेन हाइ स्योङले भन्नुभयो, ‘आज चाइना मिडिया ग्रुपको ओलम्पिक च्यानलको उद्घाटनको दोस्रो वार्षिकोत्सव हो। विगत दुई वर्षमा, ओलम्पिक च्यानल ओलम्पिक संस्कृति फैलाउने मुख्य च्यानल र चिनियाँ तथा विदेशी खेल प्रशंसकहरूका लागि खेलहरू हेर्नको लागि महत्वपूर्ण च्यानल बनेको छ।’

वर्षौंदेखि, चाइना मिडिया ग्रुप र अन्तर्राष्ट्रिय ओलम्पिक समिति नजिक छन् र सहयोग गहिरो पनि छ। यस हस्ताक्षरको माध्यमबाट चाइना मिडिया ग्रुपले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग अभिनव अनुसन्धान र प्रसारण प्रविधिको विकास र युवा बजारको विस्तार जस्ता क्षेत्रमा आदानप्रदान र सहयोग विस्तार गर्न इच्छुक रहेको महानिर्देशक शनले व्यक्त गर्नुभयो।

 

बाहले शन हाइ स्योङ र उहाँको प्रतिनिधिमण्डललाई भ्रमणका लागि स्वागत गर्नुभयो। उहाँले भन्नुभयो, ‘ओलम्पिक हाउस चाइना मिडिया ग्रुपको घर पनि हो र पुराना साथीहरूलाई घरमा स्वागत गर्दछ!’

उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई दृढ समर्थन र ओलम्पिक मुद्दामा यसको दीर्घकालीन उत्कृष्ट योगदानको लागि चाइना मिडिया ग्रुपलाई धन्यवाद ज्ञापन गर्नुभयो।