परराष्ट्रमन्त्री वाङ यी र अमेरिकी उद्योग वाणिज्य प्रतिनिधिहरूबीच गोष्ठी
2023-10-29 17:00:16cri
Share with:

स्थानीय समय अनुसार अक्टोबर २८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समिति, राजनीतिक ब्यूरोका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले अमेरिकी उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूसँग वासिङ्टनस्थित एक गोष्ठीमा भाग लिनुभयो।

 त्यसअवसरमा परराष्ट्र मन्त्री वाङ यीले अमेरिकाको यस भ्रमणको पृष्ठभूमि,चीन र अमेरिकाबीचको सञ्चार अवस्थाबारे जानकारी  दिनुभयो। उहाँले दुई राष्ट्र प्रमुखबीच भएको महत्वपूर्ण सहमतिलाई साँच्चै कार्यान्वयन गर्न र दुई राष्ट्र प्रमुखबीचको सानफ्रान्सिस्को बैठकलाई पूरा गर्न अमेरिकासँग मिलेर काम गर्न चीन इच्छुक रहेको पनि बताउनुभयो।

 बाहिरी विश्वका लागि चीनको ढोका फराकिलो हुँदै गएको, व्यापारिक वातावरणमा सुधार भइरहेको र नवप्रवर्तनको स्तर दिनप्रतिदिन बढ्दै गइरहेको बताउँदै मन्त्री वाङले चीन-अमेरिका सम्बन्धमा आएका उतारचढावहरू पार गरेर आपसी मित्रता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेकोमा अमेरिकी व्यापारिक समुदायको प्रशंसा गर्नुभयो।

गोष्ठीमा सहभागी प्रतिनिधिहरूले अमेरिका र चीनले क्रमशः सबै तहमा वार्ता र आदानप्रदान पुन: थाल्नु निकै उत्साहजनक रहेको बताए। दुवै पक्षका हितहरू आपसमा एकीकृत रहेकाले बलियो अमेरिका-चीन सम्बन्ध दुवै देशको सफलताको लागि महत्वपूर्ण रहेको उनीहरूको ठहर छ।