चाइना मिडिया ग्रुपद्वारा चीन-ग्रीस सभ्यता पारस्परिक शिक्षा केन्द्र र अन्तर्राष्ट्रिय ओलम्पिक एकेडेमीसँग सहयोग सम्झौतामा हस्ताक्षर
2023-10-29 19:26:40cri
Share with:

 

स्थानीय समयअनुसार अक्टोबर २८ तारिख आपसी सिकाइलाई प्रवर्द्धन गर्न र ओलम्पिक भावना अगाडि बढाउनका लागि चाइना मिडिया ग्रुपले चीन-ग्रीस सभ्यता पारस्परिक शिक्षा केन्द्र र अन्तर्राष्ट्रिय ओलम्पिक एकेडेमीसँग सहकार्यमा हस्ताक्षर गरेको छ।

ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले अन्तर्राष्ट्रिय ओलम्पिक एकेडेमी र चाइना मिडिया ग्रुपबीचको सहकार्यलाई प्रगाढ बनाएर सम्बन्धित सम्झौतामा हस्ताक्षर भएकोमा बधाई दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवं चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्योङले चीन-ग्रीस सभ्यता पारस्परिक शिक्षा केन्द्र, ग्रीस परिषद्का अध्यक्ष भेर्विडाकिस र अन्तर्राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष कोभिलोससँग सम्झौतामा हस्ताक्षर गर्नुभयो। ग्रीसका लागि चिनियाँ राजदूत स्याओ च्युन चङले हस्ताक्षर समारोहमा भाग लिनुभयो।