चीन र इन्डोनेसिया बीच जडीबुटी सम्बन्धी सहयोगमा उज्यालो भविष्य-१
2023-10-30 10:05:26cri
Share with:

 

चालू वर्ष “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएको दशौँ वार्षिकोत्सव हो। विगत दश वर्षमा चिकित्सा तथा जडीबुटी औषधी सम्बन्धी सहयोगले “बेल्ट एण्ड रोड” सहयोगात्मक प्रारुपमा उच्च गुणस्तरीय विकास हुनुका साथै अनेकन् उपलब्धिहरु हासिल गरेको छ। यसरी “बेल्ट एण्ड रोड” ले मानिसकालागि जीवन, प्राण तथा स्वास्थ्यको बाटोमा समेत उपयोगी भूमिका खेलेको छ। “एक्काइसौँ शताब्दीमा समुद्री रेशम मार्ग”को संयुक्त निर्माण गर्ने पहिलो मुलुक इन्डोनेसियामा पर्याप्त जडीबुटी औषधीको आधारमा त्यसले चीनसँग सहयोग गर्ने जडीबुटी औषधीको संरक्षण तथा अनुसन्धान केन्द्रको निर्माणमा अघि बढ्दै छ। यस केन्द्रको निर्माण भएपछि त्यसले इन्डोनेसियामा जडीबुटी स्रोत तथा जैविक उत्पादन वस्तुको उपयोग सम्बन्धी प्राविधिक स्तरलाई उकास्नुका साथै आर्थिक फाइदा कमाएर स्थानीय जीवनयापन स्तरमा सुधार गर्ने छ।

 

इन्डोनेसियामा ४० हजार भन्दा बढी किसिमका उष्ण कटिबन्धीय वनस्पतिहरु छन्, तीमध्ये करिब ७ हजार भन्दा बढी जडीबुटी छन्। प्राचीन कालदेखि नै इन्डोनेसियामा जडीबुटीमार्फत रोगको उपचार गर्ने चलन थियो। चिनियाँ जडीबुटी औषधी चीन राष्ट्रको मूल्यवान चीज हो, रोगको प्रतिरोधमा तथा उपचारमा त्यसको विशेषता छ। त्यसैले जडीबुटी औषधी क्षेत्रमा चीन र इन्डोनेसिया बीचको सहयोगको बलियो आधार छ।

 

इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तको हुमबाङ हासुनडुतान जिल्लामा २६१ हेक्टर क्षेत्रफल ओगटेको चीन-इन्डोनेसिया जडीबुटी औषधीको संरक्षण तथा अनुसन्धान केन्द्रको पहिलो अवधिको परियोनाको निर्माणमा सक्रिय प्रगति हासिल भएको छ। यस केन्द्रमा जडीबुटी औषधीको प्रयोगशाला, हरित गृह तथा वृक्षारोपन प्रयोगशाला समावेश छन्। इन्डोनेसियाको समुद्री मामिला तथा लगानी मन्त्रालयका समन्वयात्मक प्रतिनिधि जेमी फरनान्दो जानकारी दिँदै भन्नुहुन्छ,

हामीले यहाँको १५ हेक्टरको जमिनमा बढी मूल्य भएका केही वनस्पति रोप्ने योजना बनाएका छौँ। तीमध्ये विशेष गरी चिनियाँ जडीबुटी औषधी समावेश छन्। अहिले हरित गृह, कृषि अनुसन्धान केन्द्र तथा जडीबुटी औषधी केन्द्रको निर्माण भइरहेको छ। त्यसपछि हामीले प्रयोगशालालाई बढाउनुका साथै संचालन भवन तथा सभास्थलको निर्माण गर्ने छौँ। हामीले चीनसँग अनेकन् सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छौँ।