पोआउ एशिया मञ्चको सन् २०२४ वार्षिक सम्मेलन मार्च २६ देखि २९ सम्म पोआउमा हुने
2023-10-30 15:16:32CRI
Share with:

पोआउ एशिया मञ्च अन्तर्गत विश्व आर्थिक विकास र सुरक्षा मञ्चको दोस्रो सम्मेलनको उद्घाटन समारोह ३० तारिख बिहान आयोजना गरिएको छ। त्यस समारोहमा पोआउ एशिया मञ्चका प्रमुख बान की मुनले पोआउ एशिया मञ्चको सन् २०२४ वार्षिक सम्मेलन सन् २०२४ को मार्च २६ देखि २९ तारिखसम्म हाइ नानको पोआउमा आयोजना गरिने जानकारी दिनुभएको छ।

 

चीनमा मुख्यालय स्थापना गरिएको पोआउ एशिया मञ्च एउटा अन्तर्राष्ट्रिय संगठन हो। जुन २९ वटा सदस्य मुलुकसँग मिलेर प्रस्तावित गरेको हो। त्यसको वार्षिक सम्मेलन हरेक वर्ष नियमित रूपमा हाइ नानको पोआउमा आयोजना गरिन्छ। एशियाली अर्थतन्त्रको एकरूपतालाई प्रबर्द्धन गर्नु नै त्यस मञ्च स्थापनाको उद्देश्य रहेको छ।