पहिलो “बेल्ट एड रोड” विज्ञान तथा प्रविधि आदानप्रदान बैठक नोभेम्बर ६ तारिखदेखि
2023-10-30 16:26:29CRI
Share with:

पहिलो “बेल्ट एड रोड” विज्ञान तथा प्रविधि आदानप्रदान बैठक नोभेम्बर ६ तारिखदेखि ७ सम्म छोङछिङ शहरमा हुने भएको छ। ३० तारिख अपरान्ह आयोजित चिनियाँ राज्य परिषदको प्रेस कार्यालयको पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधि मन्त्रालयका उपमन्त्री चाङ क्वाङच्युनले उक्त जानकारी दिनुभएको हो।

“नवीनता मार्गको साझा निर्माण र सहकार्य तथा विकासको प्रवर्द्धन” भन्ने मुख्य विषयवस्तु रहेको यो बैठकमा उद्घाटन समारोह तथा पूर्ण बैठक, “बेल्ट एण्ड रोड” वैज्ञानिक तथा प्राविधिक नवीनतासम्बन्धी मन्त्री बैठक, मुख्य विषय वस्तु कार्यक्रम, राउन्ड टेबल र उपलब्धि प्रदर्शनीलगायत दश मुख्य कार्यक्रमको आयोजना गरिने छ।