नेपालका ६० प्रतिशत घर एकतले, सय वर्ष पुराना घर ०.५ प्रतिशत
2023-10-30 16:14:27CRI
Share with:

नेपालका करिब ६० प्रतिशत घर एक तले रहेको राष्ट्रिय जनगणनाले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले जगगणना २०७८ को थप नतिजा सर्वाजनिक गर्दा ७५ लाख ५२ हजार घरमध्ये ५९.८२ प्रतिशत घर एक तले रहेको देखिएको हो।

नतिजा अनुसार २८.७८ प्रतिशत घर २ तले, ९.१७ प्रतिशत ३ तल्ले, १.३ प्रतिशत ४ तल्ले घर रहेका छन्। मधेश प्रदेशमा एक तल्ला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सो भन्दा बढी तल्ला भएको बागमति प्रदेशमा बढी अर्थात २.३४ प्रतिशत रहेको छ।

कुल घरमध्ये १०० वर्ष माथिका घर ०.५ प्रतिशत रहेका छन्। देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्यै १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको पाइएको नेपालखबरले लेखेको छ।

सरकारी अनुदान दिनेमा सबैभन्दा बढी बागमति प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ।