चीन र ग्रीस “बेल्ट एण्ड रोड” वार्ता सफलताका साथ आयोजित
2023-10-30 19:17:58CRI
Share with:

इना मिडिया ग्रुपले ३० तारिख एथेन्समा चीन र ग्रीस “बेल्ट एण्ड रोड” वार्ताको आयोजना गरेको छ। ग्रीसका पूर्व राष्ट्रपति पाभलोपौपोस, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्योङ, ग्रीसका पर्यटन मन्त्री किफालोयान्नी, ग्रीसका लागि चिनियाँ राजदूत स्याउ च्युनचेन सो वार्तालाई सम्बोधन गर्नुभएको छ। ग्रीसका संस्कृति मन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ।

निर्देशक शन हाइस्योङका अनुसार, चालू वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गर्नुभएको दशौँ वार्षिकोत्सव हो। ग्रीस “बेल्ट एण्ड रोड” को साझा निर्णय गर्ने महत्वपूर्ण सदस्य हुनुका साथै यूरोपमा चीनको राम्रो साथी तथा साझेदार हो। चाइना मिडिया ग्रुपले जिम्मेवारीबोध गर्दै मिडियाको युगको मिशन वहन गरेर ग्रीसको संस्कृति तथा मिडिया क्षेत्रसँग अझ बढी तथा अझ गहकिलो सहयोग गर्नेछ।

सोहि दिन चिनियाँ चलचित्र महोत्सवअन्तर्गत ग्रीसका लागि “बेल्ट एण्ड रोड” विशेष कार्यक्रम पनि सुरू भएको छ।