चालू वर्षको अघिल्ला तीन त्रैमासिक अवधिको आर्थिक तथ्याङ्क सार्वजनिक
2023-10-31 15:14:32cri
Share with:

 

अक्टोबर ३१ तारिख चालू वर्षको अघिल्ला तीन त्रैमासिक अवधिको आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ।

 

राष्ट्रिय ऊर्जा विभागका अनुसार, चालू वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा ऊर्जा स्रोतको आपूर्ति तथा खर्च समग्र रुपमा स्थिर रहेको छ। ऊर्जा सम्बन्धी लगानीमा तुलनात्मक रुपमा तीव्र विकास कायम भएको छ।

 

राष्ट्रिय तथ्याङ्क व्यूरोका अनुसार, चालू वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा संस्कृति तथा सम्बन्धित व्यवसायहरुको आय ९१ खर्ब ६१ अर्ब ९० करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशतले वृद्धि भएको छ।

 

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, चालू वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको इन्टरनेट सम्बन्धी आय १० खर्ब २९ अर्ब ४० करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १८.२ प्रतिशतले वृद्धि भएको छ।