चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्युबाका वैज्ञानिकलाई जवाफी चिट्ठी
2023-10-31 19:02:03CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै क्युबाका वैज्ञानिक पेड्रेललाई जवाफी चिट्ठी पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, क्युबा र चीनको विशेष मैत्रिपूर्ण सम्बन्धको प्रवर्द्धनमा वैज्ञानिक पेड्रेलको दीर्घकालीन प्रयासले गर्दा चीन र क्युबाबीच वैज्ञानिक अनुसन्धानको सहयोगलाई सक्रिय रूपमा बढाएर धेरै प्रगति हासिल भएको छ। राष्ट्राध्यक्ष सीले उहाँ र उहाँको नेतृत्वमा रहेको मण्डललाई बधाई सन्देश पठाउनुभएको छ।

अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक सहयोग एउटा प्रवृत्ति भएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। चालू वर्ष “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको दशौँ वार्षिकोत्सव हो। दश वर्षमा चीनले साझा निर्माण गर्ने देशहरूसँग वैज्ञानिक तथा प्राविधिक आदानप्रदान र ज्ञान साझेदारीलाई तीव्र पारेको छ। वैज्ञानिक तथा प्राविधिक नवीनताको सहयोगलाई तीव्रता दिएसँगै फलदायी उपलब्धि प्राप्त भएको छ।

नयाँ कालमा विज्ञान तथा प्रविधिलगायत विभिन्न क्षेत्रमा चीन र क्युबाबीचको सहकार्य क्रमशः गहन पारिएर दुई देशका जनतालाई अझ बढी फाइदा पुर्याउने आशा उहाँले गर्नुभएको छ।

केही समयअघि क्युबाका प्रसिद्ध वैज्ञानिक पेड्रेलले राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी पठाएर उहाँको मण्डलले चीनमा मस्तिष्क विज्ञान अनुसन्धान र चीन तथा क्युबाबीच न्यूरो प्रविधिको सहयोगको प्रवर्द्धनमा हासिल गरेको उपलब्धिबारे जानकारी दिनुभएको थियो।