केन्द्रिय बैङ्किङ कार्य बैठक पैचिङमा
2023-10-31 20:04:57CRI
Share with:

केन्द्रिय बैङ्किङ कार्य बैठक अक्टोबर ३० तारिखदेखि ३१सम्म पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बैठकलाई सम्बोधन गर्नुभएको छ। 

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनदेखि बैङ्किङ कार्यको समिक्षा गर्नुका साथै बैङ्किङको उच्च गुणस्तरीय विकासका सामु देखा परेको परिस्थितिबारे विश्लेषण गरेर वर्तमान तथा भविष्यकालागि बैङ्किङ कार्यको योजना बनाउनुभएको छ।