चीनको शनचौ नम्बर १६ मानवसहितको अन्तरिक्ष यानको सफल अवतरण
2023-10-31 14:59:39CRI
Share with:

पैचिङ समय अनुसार अक्टोबर ३१ तारिख बिहान ८ बजेर ११ मिनेट जाँदा चीनको शनचौ नम्बर १६ मानवसहितको अन्तरिक्ष यानको सफल अवतरण भएको छ। अवतरण स्थलका चिकित्सकहरूले अन्तरिक्ष यात्री चिङ हाई फङ, चु याङ चु, क्वी हाई छाउ तीनै जनाको शारीरिक अवस्था राम्रो भएको निश्चित गरेका छन्। साथै शन चौ नम्बर १६को कार्यभार सम्पूर्ण रूपमा सफल भएको छ। 

शन चौ नम्बर १६ मानव अन्तरिक्ष यान यस वर्षको मेइ ३० तारिख चीनको च्यु छुन प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो र चिनियाँ अन्तरिक्ष स्टेशनसँग जोडिएको थियो। तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेशनमा १५४ दिन बसेर १ पटक बाहिरी अन्तरिक्ष गतिविधि गर्नुका साथै धेरैपटक मालसामान ढुवानी गरेकोले स्टेशनमा भविष्यको नियमित कार्य गर्ने धार बनाएका छन्। यसका साथै तीन अन्तरिक्ष यात्रीले स्टेशनमा बसेर धेरै तथा विभिन्न किसिमका वैज्ञानिक परीक्षण पनि गरेका छन्।