केन्द्रिय बैङ्किङ कार्य बैठकबाट चिनियाँ बैङ्किङको उच्च गुणस्तरीय विकास तोकेको
2023-11-01 19:54:03CRI
Share with:

चीनको पहिलो केन्द्रिय बैङ्किङ कार्य बैठक अक्टोबर ३० तारिखदेखि ३१सम्म पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बैठकलाई सम्बोधन गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनदेखि बैङ्किङ कार्यको समिक्षा गर्नुका साथै बैङ्किङको उच्च गुणस्तरीय विकासका सामु देखा परेको परिस्थितिबारे विश्लेषण गरेर वर्तमान तथा भविष्यकालागि बैङ्किङ कार्यको योजना बनाउनुभएको छ।

बैङ्किङले देशको केन्द्रिय प्रतिस्पर्धामा महत्वपूर्ण हिस्सा ओगटेको हुन्छ। यसै मार्चमा चीनले केन्द्रिय बैङ्किङ समिति र केन्द्रिय बैङ्किङ कार्य  समितिको स्थापना गरेको थियो। बैङ्किङ प्रणालीमा सर्वोच्च बैठकको रूपमा यो पहिलो केन्द्रिय बैङ्किङ कार्य बैठक हो। बैठकमा राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान समस्याको प्रत्यक्ष सामना गर्दै बैङ्किङले आर्थिक तथा सामाजिक विकासका लागि उच्च गुणस्तरीय सेवा दिनुपर्ने औँल्याउनुभएको छ।

बैङ्किङको सुरक्षा यो बैठकबाट प्रसार गरिएको अर्को संकेत हो। यो बैठकमा “ऋण जोखिम रोक्ने र समाधान गर्ने दीर्घकालीन व्यवस्थाको निर्माण गर्नुका साथै उच्च गुणस्तरीय विकाससित अनुकुल सरकारी ऋणको व्यवस्थापन संयन्त्रको निर्माण गर्ने” प्रस्तुत गरिएको छ। साथै बैङ्किङ बजार झन् झन् खुला हुँदा जोखिम बढ्दैछ। विदेशी बैङ्किङ जोखिमले पनि चीनमा प्रभाव पार्ने सम्भावना छ। त्यसैले सीले बैङ्किङको अनुगमन चौतर्फी रूपमा सबल पार्ने र बैङ्किङ जोखिमको प्रतिरक्षा तथा समाधान गर्ने अनेकन् कदम प्रस्तुत गर्नुभएको छ।

त्यसबाहेक यो बैठकले बैङ्किङको उच्च स्तरीय खुलापन गर्न र चिनियाँ बैङ्किङ बजारलाई अन्तर्राष्ट्रियीकरण गर्ने योजना पनि बनाएको छ।