चीनद्वारा थ्यान ह्वी नम्बर ५ उपग्रहको सफल प्रक्षेपण
2023-11-01 09:52:28cri
Share with:

पैचिङ समय अनुसार नोभेम्बर १ तारिख बिहान ६ बजेर ५० मिनेट जाँदा चीनले थ्याइ युन सहरको प्रक्षेपण केन्द्रबाट छाङ चङ नम्बर ६ ढुवानी रकेटबाट सफलताका साथ थ्यान ह्वी नम्बर ५ उपग्रहको प्रक्षेपण गरेको छ। उपग्रह नियमित ट्र्याकमा प्रवेश भएपछि प्रक्षेपण सफल भएको प्रमाणित भएको छ। उक्त उपग्रह मुख्य रूपमा चिनियाँ भौगोलिक अवस्थाको मापन, चीनको जमिन श्रोतको छानबिन र वैज्ञानिक अध्ययनमा प्रयोग गरिने छ। 

यस पटकको कार्यभार छाङ चङ श्रृंखला ढुवानी रकेटको ४९४औँ उडान हो।