सिन्च्याङ स्वतन्त्र व्यापारिक परिक्षणात्मक क्षेत्रको स्थापना
2023-11-01 14:54:25CRI
Share with:

चीनको २२औँ स्वतन्त्र व्यापारिक परिक्षणात्मक क्षेत्र अर्थात् सिन्च्याङ स्वतन्त्र व्यापारिक परिक्षणात्मक क्षेत्र नोभेम्बर १ तारिख शुभारम्भ  गरिएको छ। त्यसैगरी त्यो क्षेत्र चीनको उत्तर पश्चिमी सीमावर्ती भागमा स्थापना गरिएको पहिलो स्वतन्त्र व्यापारिक परिक्षणात्मक क्षेत्र बनेको छ।

 

वाणिज्य मन्त्रालयका सम्बद्ध जिम्मेवार व्यक्तिका अनुसार, देशी र विदेशी महत्वपूर्ण स्रोत तत्वहरूलाई आकर्षित गर्न, लगानी लगाउने तरिकाको सहजीकरण बनाउन, बैकिङ सेवा क्षमतालाई सबल पार्न र डिजिटल आर्थिक विकासलाई अघि बढाउनका लागि सरकारले सिन्च्याङ स्वतन्त्र व्यापारिक परिक्षणात्मक क्षेत्रलाई समर्थन गर्नेछ। यसका अतिरिक्त सो क्षेत्रको वैदेशिक व्यापारिक सिर्जनशील विकासलाई पनि सक्दो समर्थन गर्ने कुरा पनि जिम्मेवार व्यक्तिले जनाएका छन्।  

 

प्राप्त जानकारी अनुसार, नयाँ स्थापित सिन्च्याङ स्वतन्त्र व्यापारिक परिक्षणात्मक क्षेत्रले देशले अघि सारेको सुधार सम्बन्धी १२९ किसिमका परिक्षणात्मक कार्यभार बहन गर्नेछ।