“साझा सुरक्षा” तर्फ कसरी लम्कने?
2023-11-01 16:54:24CRI
Share with:

अक्टोबर ३१ तारिख दशौँ पैचिङ श्याङ शान मञ्च पैचिङमा सम्पन्न भएको छ। सो मञ्चमा १०० वटाभन्दा बढी मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका १८०० जना प्रतिनिधिले “साझा सुरक्षा, दीर्घकालीन शान्ति” भन्ने मुख्य विषयमा वार्ता र आदान-प्रदान गरेका छन्।

चार वर्षपछि पैचिङ श्याङ शान मञ्च अफलाइन तरीकामार्फत आयोजना भएको यो पहिलो पटक हो। हाल युक्रेन संकट, प्यालेष्टाइन र इजरेलको भिडन्तको पृष्ठभूमिमा उक्त मञ्चमा सहभागी भएकाहरूले सुरक्षा विषयबारे छलफल गर्ने र आदान-प्रदान तथा वार्तालाई सघन पार्ने इच्छा लिएका छन्।

हाल चीनले प्रस्तुत गरेको विश्व सुरक्षा प्रस्ताव विश्व सुरक्षा शासनको महत्वपूर्ण समाधान मसौदा बनिसकेको छ। १०० वटाभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले विश्व सुरक्षा प्रस्तावको सक्रियताका साथ प्रतिक्रिया जनाएका छन्। विश्व सुरक्षा प्रस्तावलाई व्यवहारमा उतार्ने चौतारोको रुपमा पैचिङ श्याङ शान मञ्चले “साझा सुरक्षा, दीर्घकालीन शान्ति”लाई मुख्य विषयको रुपमा राखेको छ, विभिन्न पक्षले सुरक्षाको कदम खोज्न र सुरक्षा सहयोग बढाउनका लागि मौका उपलब्ध गराएको छ।

चालू वर्ष चीनले मानव भाग्य समुदायको सिर्जना गर्ने धारणा प्रस्तुत गरेको दशौँ वार्षिकोत्सव हो। जटिल र गम्भीर अन्तर्राष्ट्रिय परिस्थितिमा सुरक्षा विकासको पूर्वशर्त हो। मानव अविच्छिन्नरूपमा सुरक्षा समुदाय हो।