चीनले आर्टिफिसियल इन्टेलिजेन्सको सुरक्षा शिखर सम्मेलनमा प्रतिनिधि पठाउने
2023-11-01 17:21:12CRI
Share with:

चिनियाँ विज्ञान तथा प्रविधि मन्त्री वु चाउह्वीले एक मण्डलको नेतृत्व गर्दै नोभेम्बर १ तारिखदेखि २ सम्म आर्टिफिसियल इन्टेलिजेन्सको सुरक्षा शिखर सम्मेलनमा भाग लिनुहुने भएको छ।

वर्तमानमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तीव्र गतिले विकास हुँदैछ। मौका र चुनौती दुवै रहेका छन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै चीनले “विश्व आर्टिफिसियल इन्टेलिजेन्सको व्यवस्था प्रस्ताव” प्रस्तुत गर्ने बताउनुभएको थियो। उक्त प्रस्तावले आर्टिफिसियल इन्टेलिजेन्सको विकास, सुरक्षा तथा व्यवस्थाबारे प्रणालीगत रूपमा चीनको योजना व्याख्या गर्नेछ।