विभिन्न देशका प्रिन्सिपलहरू चीन भ्रमणमा
2023-11-01 17:44:20CRI
Share with:

चीनबारे जानकारी लिन, बुझ्न तथा चीनको शैक्षिक अनुभवबाट सिक्न र चिनियाँ विद्यार्थीहरूसँग सांस्कृतिक आदानप्रदानका गतिविधिहरू गर्न हाल नेपालसहित विभिन्न देशका प्रिन्सिपलहरू चीन भ्रमणमा छन्।

यो "चाइनिज ब्रिज" नामक विदेशी स्कूलका प्रिन्सिपलहरूको चीन भ्रमण कार्यक्रममा नेपाल, इटाली, उज्बेकिस्तान र बेलारुसका गरी ४० जना प्रिन्सिपलहरू समावेश छन्। १० दिने भ्रमण कार्यक्रममा विदेशी विद्यालयका प्रिन्सिपल समूहले बेइजिङको उच्च शिक्षा प्रेसको अवलोकन पनि गरेका छन्।