सार्वजनिक स्वास्थ्य सम्बन्धी आधारभूत सेवामा सुधार
2023-11-02 10:10:23cri
Share with:

 

राज्य परिषदको प्रेस कार्यालयले “शुरुवातबारे आधिकारिक निकायको चर्चा” शीर्षकमा अनेकन प्रेस सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय स्वास्थ्य समितिका सम्बन्धित जिम्मेवार व्यक्तिले “स्वास्थ्य कार्यको उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै जनस्वास्थ्य संरक्षण” विषयक अवस्थाबारे जानकारी दिनुभएको छ।

 

चालू वर्षदेखि चीनले स्वस्थ चीन कार्यक्रमलाई तीव्र पार्दै ज्येष्ठ नागरिक सम्बन्धी चिकित्सा केन्द्र तथा अस्पतालको निर्माणलाई बढाउँदै आएको छ। यसका साथै चीनले चिनियाँ परम्परागत चिकित्सा विधि तथा चिनियाँ जडीबुटी औषधीको पुस्तान्तरण र विकासलाई अघि बढाउँदै अरु सुविधाजनक सेवा प्रदान गर्दै आएको छ।

 

राष्ट्रिय स्वास्थ्य समितिका उप-प्रमुख लै हाई छाउले चीनले ग्रामीण क्षेत्रको चिकित्सा तथा स्वास्थ्य कार्यको विकासलाई भ्याएसम्म विकसित गरेको जानकारी दिनुभयो।