इजरायल-प्यालेष्टाइन युद्धविरामका लागि चीन प्रयासरत
2023-11-02 10:30:05CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले नोभेम्बर १ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै हाल चीनले इजरायल र प्यालेष्टाइन परिस्थितिलाई खुकुलो पार्नका लागि चालेका कदमहरूबारे जानकारी दिनुभएको छ।

 

प्रवक्ता वाङका अनुसार, इजरायल र प्यालेष्टाइनबीच पछिल्लो चरणको संघर्षयता युद्धविराम र हिंसात्मक गतिविधि बन्द गर्नका लागि चीनले सम्बद्ध पक्षसँग प्रयास गर्नुका साथै शान्तिपूर्ण बाटोमा फर्कनका लागि आग्रह गर्दै आएको छ।

 

गाजाको मानवीय परिस्थितिलाई खुकुलो पार्नका लागि चीनले छुट्टा छुट्टै रूपमा प्यालेष्टाइनी राष्ट्रिय परिषद् र संयुक्त राष्ट्रसंघ अन्तर्गत निकटस्थ पूर्वी प्यालेष्टाइनी शरणार्थी उद्धार कार्यालयलाई आपतकालीन मानवीय सहायता दिनुबाहेक गाजा क्षेत्रतर्फ खाद्यान्न र औषधी लगायत अधिकांश आपतकालीन मानवीय सहायता प्रदान गरेको जानकारी पनि प्रवक्ता वाङले दिनुभएको छ।