संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को नोभेम्बर महिनाको अध्यक्ष मुलुक चीन
2023-11-02 14:41:32CRI
Share with:

 

नोभेम्बर १ तारिखदेखि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को यसै महिनाको वर्तमान अध्यक्ष चीन नियुक्त हुँदैछ। १ तारिख संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले सुरक्षा परिषद्को आन्तरिक छलफलको अध्यक्षता गर्दै सुरक्षा परिषद्को यसै महिनाको कार्य-योजना पारित गर्नुभएको छ।

 

प्यालेष्टाइन र इजरायल परिस्थिति नै यो महिना सुरक्षा परिषद्को सबभन्दा महत्वपूर्ण कार्य हो भन्दै प्रतिनिधि चाङ च्युनले सुरक्षा परिषद्को वर्तमान अध्यक्ष मुलुकको रूपमा रही चीनले अन्तर्राष्ट्रिय समाजको आवाज बमोजिम सम्बद्ध पक्षसँगै मिलेर जिम्मेवारी र अर्थपूर्ण सामूहिक गतिविधि अपनाउन सुरक्षा परिषद्लाई घच्घच्याउने कुरा बताउनुभएको छ।

 

कार्य-योजना अनुसार, यसै महिना सुरक्षा परिषद्ले प्यालेष्टाइन-इजरायल, सिरिया, यमन र बोस्निया हर्जगोभिना लगायतका विविध समस्याको लेखाजोखा गर्ने कार्यक्रम रहेको छ।