चीन र अमेरिकाबीच हातहतियारको नियन्त्रण र गैर-प्रसारबारे छलफल हुने
2023-11-02 17:07:58CRI
Share with:

चीन र अमेरिकाले आगामी साता वाशिङटनमा हातहतियारको नियन्त्रण र गैर-प्रसारबारे छलफल गर्ने भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयअन्तर्गत हातहतियारको नियन्त्रण विभागका जिम्मेवार व्यक्तिले एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिने जनाइएको छ।

२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले उक्त जानकारी दिनुभएको हो।