फुकुशिमा परमाणु ऊर्जा स्टेशनबाट रेडियोधर्मी फोहोर पानी बगाउने घटनाबारे चीनको धारणा
2023-11-02 19:07:32CRI
Share with:

अक्टोबर २५ तारिख जापानी फुकुशिमा परमाणु ऊर्जा स्टेशनबाट रेडियोधर्मी फोहोर पानीको स्पटरिंग अर्थात् फाल्ने घटना भएको छ। जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनीबाट प्राप्त जानकारीअनुसार, स्पटरिंग गर्ने रेडियोधर्मी फोहोर पानीको मात्रा प्रारम्भमा प्रकाशित १०० मिलिलिटरभन्दा दर्जनौ गुणा बढी छ।

१ तारिख आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सम्वाददाताले यस विषयबारे प्रश्न सोधेको छ। यो घटनाबाट टोकियो इलेक्ट्रिक पावर कम्पनीमा आन्तरिक व्यवस्थापन अस्तव्यस्त र अव्यवस्थित तथा सर्वसाधारणसमक्ष छलकपट लुकाउने समस्या दीर्घकालीनरूपमा रहेको प्रवक्ता वाङ वनपिनले व्यक्त गर्नुभएको छ। फुकुशिमा आणविक घटना भएको १२ वर्षयता रिपोर्ट ढिलो रूपमा प्रकाशित गर्नुका साथै लुकाउने, महत्वपूर्ण डेटामाथि छेडछाड गर्ने अवस्था धेरैपटक भएको छ। जसले वातावरणको सुरक्षा तथा सर्वसाधारणको स्वास्थ्यको सट्टामा कम्पनीको हितलाई प्रथम स्थानमा रखेको छ। यसपटक घटना भएपछि अर्को दिनमा टोकियो इलेक्ट्रिक पावर कम्पनीले तेस्रोपटक समुद्रमा आणविक फोहोर उत्सर्जन गर्ने घोषणा गरेको थियो।  

यो घटनाले दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय अनुगमनको महत्व फेरि देखाएको छ। चीनले जापानसँग गम्भीर रूपमा अन्तर्राष्ट्रिय चासोको जवाफ दिँदा जिम्मेवारीबोध तरिकामार्फत् आणविक फोहोर पानीको व्यवस्थापना गर्नुका साथै सम्बन्धित पक्ष पूर्ण रूपमा भाग लिने प्रभावकारी अन्तर्राष्ट्रिय अनुगमनको निर्माण गर्न साथ दिन ताकिता गरेको छ। अन्तर्राष्ट्रिय पारणविक ऊर्जा एजेन्सीले रचनात्मक भूमिका खेल्नुपर्छ।