एशिया-प्रशान्तलाई सहकार्य तथा विकासको उच्च भूमि बनाउने
2023-11-02 19:05:46CRI
Share with:

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्रकाशित “एशिया-प्रशान्त क्षेत्रीय अर्थतन्त्रको संभावना प्रतिवेदन” अनुसार, सन् २०२३ मा एशिया-प्रशान्त क्षेत्रको आर्थिक वृद्धि ४.६ प्रतिशत पुग्ने सम्भावना छ। जसले विश्वको आर्थिक वृद्धिमा दुई तिहाई योगदान दिनेछ।

साथै एशियाली विकास बैंकबाट प्रकाशित प्रतिवेदनका अनुसार, एशिया-प्रशान्त क्षेत्रको आर्थिक वृद्धिमा चीनको योगदान ६४.२ प्रतिशत पुगेको छ। सम्वाददाताले यस विषयको बारेमा प्रश्न सोध्दा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले यसरी जवाफ दिनुभएको छ।

एशिया-प्रशान्त क्षेत्र चीन र क्षेत्रीय देशहरूको साझा घरआवास हो। चीन एशिया-प्रशान्त क्षेत्रीय सहकार्य तथा अर्थतन्त्रको एकीकरणमा महत्वकासाथ सहभागी हुनुका साथै एशिया-प्रशान्तका धेरै अर्थतन्त्रका मुख्य व्यापारिक साझेदारी र क्षेत्रीय उद्योग श्रृंखलामा महत्वपूर्ण विन्दु पनि हो। चीनले क्षेत्रीय साझेदारीसँग साँच्चिकै बहुपक्षीयता तथा खुला क्षेत्रीयतालाई लागू गरेर एशिया-प्रशान्तलाई  सहकार्य तथा विकासको उच्च भूमि बनाउनुका साथै अझै फाइदाजनक एशिया-प्रशान्त भाग्य समुदायको निर्माण गरी क्षेत्रीय तथा विश्वव्यापी अर्थतन्त्रको पुनउर्त्थान र दिगो विकासमा अझै बलियो शक्ति थप्ने इच्छा राखेको छ।