बेइजिङ बौद्ध मेलामा नेपाली व्यापारीको व्यापक सहभागिता
2023-11-03 16:09:32CRI
Share with:

हाल बेइजिङमा बेइजिङ अन्तर्राष्ट्रिय बौद्ध मेलाको आयोजना भइरहेको छ। यो बौद्ध मेला बौद्ध धर्मसँग सम्बन्धित मेला हो, जहाँ गुम्बा, विहारमा आवश्यक सरसामान साथै काष्ठ, धातुबाट बनाइएका बुद्ध तथा बौद्ध धर्मसम्बन्धित् विभिन्न मूर्ति तथा बौद्ध धर्ममाथि आस्था राख्ने वा धर्मावलम्बी सम्बधित् वस्तु पाइने मेला हो।

सो मेलामा नेपालको एउटा ठूलो मण्डपसमेत रहेको छ। करिब ३० जना नेपाली व्यापारीले नेपाली वस्तुहरूलाई प्रदर्शनमा राखेका छन्। विश्व आर्थिक इञ्जिनको रूपमा रहँदैआएको चीनले यस्ता मेलाहरूको आयोजनाबाट व्यापारीलाई ठूलो प्लेटफर्म उपलब्ध गराउँदैआएको नेपाली व्यापारीको भनाइ रहेको छ।