सी चिनफिङ र जर्मनीका चान्सलर स्कोल्जबीच भिडियो वार्ता
2023-11-03 20:16:52CRI
Share with:

नोभेम्बर ३ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग भिडियो वार्ता गर्नुभएको छ।

सी चिनफिङले चीन र जर्मनीको सम्बन्धले सय वर्षमा प्रवेश गरेको, चीन र जर्मनीको सहकार्य खुला र व्यावहारिक भएको र निरन्तर रुपमा विकास भएको बताउनुभयो। साथै सीले जर्मनीका १३० वटा उद्योग-व्यवसाय छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुने कुराबाट जर्मनीका उद्योग-व्यवसायले चीनको विकासका लागि मतदान गरेको विश्वासको मत भएको व्यक्त गर्नुभयो। सीले चीन र जर्मनीको सहकार्यले दुई मुलुकका जनतालाई लाभ दिने विश्वास पनि व्यक्त गर्नुभयो।   

स्कोल्जले गत वर्षको नोभेम्बर महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनपछि चीनको भ्रमण गरेको सम्झना गर्नुहुँदै आफू दुई बीच गहिरो रुपमा आदान-प्रदान भएको र धेरै महत्वपूर्ण सहमति प्राप्त गरेको बताउनुभयो। जर्मनीले चीनसँग विभिन्न क्षेत्रको सहकार्यलाई सबल पार्ने आशा लिएको र जर्मनीका उद्योग-व्यवसायले चीनमा ठूलो सफलता प्राप्त गर्नसक्ने आशा लिएको पनि स्कोल्जले व्यक्त गर्नुभयो।