चिनियाँ भाषा र चीनको सँस्कृतिलाई माया गर्ने भियतनामी केटी ऊ शह्वै
2023-11-03 09:05:08cri
Share with:

 

 “मेरो नाम ऊ शह्वै हो। म भियतनामबाट आएकी हुँ। म चिनियाँ जन विश्वविद्यालयमा पीएचडी पहिलो वर्षकी विद्यार्थी हुँ।”

 

भियतनामकी केटी ऊ शह्वै चालू वर्ष चिनियाँ जन विश्वविद्यालयअन्तर्गत चिनियाँ प्राचीन सभ्यता प्रतिष्ठानका भाषा विषयमा भर्ना भइन् र पीएचडी पहिलो वर्षका विद्यार्थी बनिन्। ऊ शह्वै चिनियाँ भाषा फरर बोल्न सक्छिन्। उनको विचारमा पहिले पुस्तकबाट थाहा पाएको चीन र उनले देखेको चीन अनि अनुभव गरेको चीनसित समान छ र फरक पनि छ। पुस्तकबाट केही पृष्ठभूमिबारे जानकारी पाए तापनि चीनमा रहँदा उनले चीन एक खुला, समावेशी, जीवन्त शक्ति रहेको मुलुक भएको महसुस गरेकी छन्। उनी भन्छिन्

 “म चीन आउँदा मैले चीनको इतिहास र सँस्कृति र यहाँका मानिसको अनुभव गरेँ। यहाँका शिक्षकशिक्षिकाहरू र सहपाठीहरूले मलाई धेरै हेरचाह गरेका छन्। म विदेशमा बसेको भएपनि मलाई खुशी लाग्यो। चिनियाँहरूप्रति मेरो मनमा राम्रो छाप परेको छ। चीनको दृश्य पनि टेलिभिजनमा हेरेकोजस्तै छ र निकै सुन्दर छ।”

 

हाल चीनले अझै धेरै विदेशी विद्यार्थीहरुलाई अध्ययन गर्न आकर्षित गरेको छ। ऊ शह्वैकाअनुसार, चीनको निरन्तर आर्थिक बृद्धि र वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनले विदेशी विद्यार्थीहरूका लागि सिक्ने र विकासको प्रशस्त मौका उपलब्ध गराएको छ। यो भियतनामका युवायुवतीहरूका लागि शक्तिशाली आकर्षण शक्ति रहेको छ। उनी भन्छिन् “मैले अध्ययन गर्न चीन छनौट गरेको कारण मैले चिनियाँ भाषा र चीनको सँस्कृतिलाई माया गर्नु हो। अध्ययन गर्न चीन जानु म र मेरो सहपाठीहरूको सपना र लक्ष्य हो। चीनप्रति मेरो गहिरो भावना छ। अध्ययन गर्न चीन जाने अठोट बलियो भएको छ। चालू वर्ष मैले गरेको सबैभन्दा राम्रो छनौट हुने विश्वास मैले लिएको छु।”

 

चीन र चीनको सँस्कृतिलाई माया गरेका कारण ऊ शह्वैले अध्ययनका लागि चीन आउनुले अग्रस्थानमा रहेको विकास गतिको अनुभव गर्नसक्ने र आफ्नो भावी विकासका लागि फराकिलो बाटोलाई विस्तार गर्नसक्ने ठहर गरेकी छिन्। उनी भन्छिन् “धेरै क्षेत्रहरूमा चीनको विशेष श्रेष्ठता र नवप्रवर्तन शक्ति छ। जस्तै भनौं चीनको आर्टिफिसियल इन्टेलिजेन्स र वैज्ञानिक नवप्रवर्तन, हरित विज्ञान, पुनःनवीकरणीय ऊर्जा स्रोत। मेरो विचारमा चीनले जलवायु परिवर्तन र वातावरण क्षेत्रमा अझै ठूलो अठोट देखाएको छ। डिजिटल भुक्तानी र इ-वाणिज्य क्षेत्रमा चीनको ठूलो नवप्रवर्तन शक्ति छ।”

 

चिनियाँ भाषा र साहित्यमा पीएचडी पहिलो वर्षका विद्यार्थीको हैसियतमा ऊ शह्वैले भविष्यमा भियतनाम फर्कने र चिनियाँ भाषा सिकाउने शिक्षिका बन्ने आशा लिएकी छिन्। उनले भियतनामका युवायुवतीलाई चीनबारे जानकारी लिन मद्दत दिने आशा लिएकी छिन्। उनी भन्छिन् “मैले मजस्तै चीन र चिनियाँ भाषालाई माया गर्ने भियतनामका विद्यार्थीहरूलाई मद्दत दिने आशा लिएकी छु। मैले पनि चिनियाँ भाषा र चीनको सँस्कृतिबारे चासो, दुई मुलुकको मैत्रीपूर्ण आदान-प्रदान र सहयोग बढाउने आशा लिएकी छु।”