चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पाँचौँ चीन-अमेरिका भगिनी शहर बैठकलाई चिट्ठी पठाइएको
2023-11-03 17:31:27CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३ तारिख पाँचौँ चीन-अमेरिका भगिनी शहर बैठकलाई चिट्ठी पठाउनुभएको छ।

उहाँका अनुसार, चीन र अमेरिकाको सम्बन्धको आधार नागरिक हुनुका साथै शक्तिको स्रोत जनताको मित्रता हो। भगिनी प्रान्त-राज्य र शहर दुई देशका जनताबीचको मित्रतालाई गहन पार्ने र आपसी हित तथा साझा जीत बनाउने महत्वपूर्ण मञ्च हो। सन् १९७९ मा पहिलो भगिनी शहरको स्थापनापछि चीन र अमेरिकाबीच २८४ वटा भगिनी प्रान्त-राज्य र शहर छन्। करिब ४० वर्षमा दुई देशका भगिनी प्रान्त-राज्य र शहरहरूले घनिष्ट सहकार्य गरेर फलदायी उपलब्धि हासिल गरेका छन्।

चीन-अमेरिका भगिनी शहर बैठक चीन र अमेरिकाका क्षेत्रबीच आदानप्रदान गर्ने महत्वपूर्ण व्यवस्था हो। स्थापनादेखि नै यसले चीन-अमेरिकाका भगिनी शहरको विकास गर्न र सहकार्यलाई गहन पार्न सक्रिय भूमिका खेलेको राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। बैठकमा सहभागी विभिन्न पक्षले चीन र अमेरिकाका क्षेत्रबीच आदानप्रदानको पुल निरन्तर बनेर चीन र अमेरिकाको सम्बन्धको स्वास्थ्य तथा स्थिर विकासलाई अगाडि बढाउनुका साथै दुई देशका जनताका फाइदाका लागि अझ बढी भूमिका खेल्ने आशा उहाँले गर्नुभएको छ।

सोहि दिन पाँचौँ चीन-अमेरिका भगिनी शहर बैठक च्याङसु प्रान्तीय सुचौ शहरमा आयोजना भएको छ।