चीन नेपालमा भूकम्पको उद्धार तथा आपतकालीन मानवीय सहायताकालागि इच्छुक
2023-11-04 18:45:01CRI
Share with:

चीनले नेपालको पश्चिमी भागमा गएको भूकम्पबाट जनधनको क्षतिमाथि समवेदना र ध्यान दिएको छ। साथै नेपाल सरकार र प्रकोपपीडित जनताको मागबमोजिम आवश्यक मानवीय उद्धार गर्ने इच्छा राखेको छ।

४ तारिख चिनियाँ अन्तर्राष्ट्रिय विकास तथा सहकार्य व्युरोका प्रवक्ता स्यु वैले उक्त कुरा बताउनुभएको हो।