केन्याका राष्ट्रपति विलियम रूटोको विशेष अन्तर्वार्ता
2023-11-04 18:30:18CRI
Share with:

केन्याका राष्ट्रपति विलियम रूटोले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। उहाँले “बेल्ट एण्ड रोड” प्रस्तावको मुल्य तथा उपलब्धिबारे धारणा व्यक्त गर्नुभएको छ। 

उहाँका अनुसार, “बेल्ट एण्ड रोड” को साझा निर्माण गर्ने प्रस्ताव दूरदर्शी हो। केही शताब्दीअघिको रेशमी मार्गको अनुभवको आधारमा कसरी राजमार्ग, रेलमार्गलगायत वर्तमान आधारभूत प्रबन्धको निर्माण गरी २१औँ शताब्दीको व्यापारको विकास गर्ने?  “बेल्ट एण्ड रोड” को साझा निर्माण गर्ने प्रस्ताव विचारबाट एक-अर्को व्यावहारिक परियोजना र हेर्नसकिने उपलब्धि बनेका छन्। उदाहरणका लागि केन्यामा मोम्बासा-नैरोबी मानक गज रेल। यो रेलको निर्माण प्रारम्भमा धेरै मानिसका लागि अविश्वासिलो थियो। तर हाल मोम्बासा-नैरोबी रेलले सामान तथा यात्रु वहन गरेर केन्यामा व्यावहारिक परिवर्तन ल्याएको छ। “बेल्ट एण्ड रोड” प्रस्ताव विचारबाट व्यवहारसम्म साकार तुल्याइएको छ।