चीनले १० करोड रुपियाँको सामग्री सहयोग गर्ने
2023-11-05 17:02:31CRI
Share with:

नेपालका लागि चिनियाँ राजदूत छन सोङले पहिलो आपतकालीन प्रतिक्रियाको रूपमा भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने बताउनुभएको छ।

शनिवार सामाजिक सञ्जाल एक्स मार्फत उहाँले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको समेत उहाँले बताउनुभएको छ। चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग १/२दिनमा आइपुग्ने छ। चीनबाट थप सहायताहरू आउने क्रममा रहेको जनाएको छ।