चीनका परराष्ट्र मन्त्रीद्वारा नेपालमा गएको भूकम्पसम्बन्धमा नेपालका विदेशमन्त्रीलाई समवेदना व्यक्त
2023-11-05 15:28:23CRI
Share with:

नोभेम्बर ४ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले नेपालमा गएको विनाशकारी भूकम्प सम्बन्धमा नेपालका विदेशमन्त्री एनपी साउदलाई समवेदना व्यक्त गर्नुभएको छ। 

मन्त्री वाङयीले नेपालको कर्णाली प्रदेशमा विनाशकारी भूकम्प गएबाट ठूलो जन-धनको क्षति भएको जानकारी पाइएको बताउँदै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। साथै मृतकका पारिवार र घाइतेहरूलाई हार्दिक समवेदना प्रकट गर्दै चीन नेपाललाई समर्थन तथा सहयोग गर्न इच्छुक रहेको व्यक्त गर्नुभएको छ।