चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नेपालमा गएको भूकम्पसम्बन्धमा नेपालका राष्ट्रपतिलाई समवेदना व्यक्त
2023-11-05 14:43:26CRI
Share with:

नोभेम्बर ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालमा गएको विनाशकारी भूकम्प सम्बन्धमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना व्यक्त गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो, नेपालको कर्णाली प्रदेशमा विनाशकारी भूकम्प गएबाट ठूलो जन-धनको क्षति भएको सूचना पाइएको छ। म चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका पारिवार र घाइतेहरूलाइ हार्दिक समवेदना प्रकट गर्दछु साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। 

राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा प्रकोपपिडित सर्वसाधारणले कठिनाइ जितेर घरआवासको पुनर्निर्माण गर्ने विश्वास गर्दछु। चीन नेपाललाई आवश्यक विपद् सहयोग गर्न इच्छुक छ। 

सोही दिन चीनका प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई समवेदना व्यक्त गर्नुभएको छ।