छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पो शाङहाइमा सुरू
2023-11-05 19:17:55CRI
Share with:

नोभेम्बर ५ तारिखदेखि छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पो शाङहाइमा सुरू भएको छ। १५४ देश, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका उद्यमी तथा व्यापारीहरू यो एक्स्पोमा भाग लिएका छन्। करिब ३४०० प्रदर्शक र ३ लाख ९४ हजार दर्शकहरूले उक्त एक्स्पोकालागि आफ्नो नाम दर्ता गराएका छन्। साथसाथै, धेरै नेपाली व्यापारी तथा प्रदर्शकहरूले पनि यो छैठौँपटकको एकस्पोमा भाग लिएका छन्।

ध्यान दिनुपर्ने कुरा के हो भने, चालु वर्ष “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको दशौँ वार्षिकोत्सव हो। यो एक्स्पोमा “बेल्ट एण्ड रोड” मा सहभागी देशका कम्पनीको संख्या १५०० भन्दा बढी छ।