आयात एक्स्पोको उज्ज्वल भविष्य
2023-11-06 16:46:14cri
Share with:

 

“हामीले गहन रूपमा चीनले उच्चस्तरीय वैदेशिक खुलापनलाई कायम राख्ने अठोट, विश्व आर्थिक विकास र विश्वव्यापी आर्थिक-व्यापारिक सहकार्यलाई अघि बढाउने कर्तव्य तथा गतिविधिको महसुस गरेका छौँ।” नोभेम्बर ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई दिनुभएको बधाई सन्देशपछि अमेरिकी जोन्सन एण्ड जोन्सन कम्पनीका उपगभर्नर एवम् चिनियाँ पक्षका अध्यक्ष सोङ वै छ्युनले यसरी बताउनुभयो। सो कम्पनीले चिनियाँ बजारसँग अझ घनिष्ट रूपमा सहकार्यको विश्वास बढाएको पनि उहाँले औँल्याउनुभयो। 

 

चालु वर्ष चीनले सुधार तथा खुलापन नीति अपनाएको ४५ औँ वार्षिकोत्सव हुनुका साथै संयुक्त बेल्ट एण्ड रोडको निर्माण शुरू भएको दशौँ वार्षिकोत्सव पनि हो। यस्तो विशिष्ट अर्थ बोकेको वर्षमा छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो निर्धारित समयमै शुरू भएको छ।

 

आगामी ५ वर्षमा चीनको मालसामान व्यापार, सेवागत व्यापारिक आयात र निर्यात मात्रा बेग्लाबेग्लै गरी ३२० खर्ब अमेरिकी डलर र ५० खर्ब अमेरिकी डलरभन्दा बढी नाघ्ने सम्भावना छ। विश्वमा आयात मुख्य विषय रहेको राष्ट्रिय स्तरको मेलाको हैसियतले चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोले निरन्तर रूपमा वैदेशिक नाफा सिर्जना गर्दै चिनियाँ बजारसँग घनिष्ट सहकार्यका लागि विदेशी व्यवसायहरूलाई चौतारो प्रदान गर्दै जानेछ।