चिनियाँ प्रधानमन्त्री छैटौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा उपस्थित
2023-11-06 14:44:39cri
Share with:

चिनियाँ प्रधानमन्त्री ली छ्याङले नोभेम्बर ५ तारिख शाङहाईमा छैटौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो अर्थात् होङ्छियाओ अन्तर्राष्ट्रिय आर्थिक मञ्चको उद्घाटन समारोहमा भाग लिएर मुख्य मन्तव्य दिनुभएको छ।प्रधानमन्त्री लीका अनुसार चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यस एक्स्पोलाई विशेष पत्र पठाउँदै उच्चस्तरीय खुलापन र खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गर्ने चीनको दृढ संकल्प दोहोर्‍याउनुभएको छ।चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको संयोजनदेखि यता अन्तर्राष्ट्रिय खरीद, लगानी प्रवर्द्धन, जनताबीचको आदानप्रदान र खुला सहयोग गरी चार प्रमुख प्लेटफर्महरूको भूमिका निरन्तर बढ्दै गएको छ । प्रधानमन्त्री लीले जोड दिनुभएअनुसार चीनले "झन बढी ठूलो बजारमूलक अवसरहरू" सहित खुलापनलाई प्रवर्द्धनलाई जारी राख्नेछ र विश्वका लागि ठूलो बजार लाभांश सिर्जना गर्न प्रयत्न गर्नेछ।